अर्थ फर्किए श्रेष्ठ र गौतम

काठमाडौं। पदमकुमार श्रेष्ठ र दिलिपकुमार गौतमको अर्थ मन्त्रालयमा सरुवा भएको छ। राजस्व समूहको उपसचिवबाट सहसचिवमा बढुवा भएपछि उनीहरू संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा पुगेका थिए। जेष्ठता तथा कार्यसम्पादन मूल्याङ्कनद्वारा १ र दुई नम्बरमा रहेर बढुवा भएका श्रेष्ठ र गौतम फेरि अर्थ नै फर्किएका हुन्।
२०६७ चैत ६ गते राजस्वको उपसचिव भएका श्रेष्ठ र गौतम गत माघ ९ गतेदेखि जेष्ठता कायम हुने गरी सहसचिवमा बढुवा भएका हुन्। उपसचिव हुँदा राजस्वमा बसेर तरमारेका श्रेष्ठ र गौतम सहसचिव भएपछि फेरि अर्थमै फर्किएका छन्।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस