डीएलएबाट बारको उम्मेदवार बन्न रस्साकस्सी, कसले मार्ला बाजी?

काठमाडौं। नेपाली कांग्रेस निकट कानुन व्यवसायीहरूको संस्था डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए)बाट नेपाल बार एसोसिएसनको आगामी निर्वाचनका लागि उम्मेदवार बन्न रस्साकस्सी चलेको छ। डीएलएबाट नेपाल बार एसोसिएसनको अध्यक्ष बन्नका लागि वरिष्ठ अधिवक्ताहरू योगेन्द्रबहादुर अधिकारी, यदुनाथ खनाल र विजयप्रसाद मिश्र तीव्र प्रतिस्पर्धामा छन्। डीएलएबाट बारको अध्यक्षमा इच्छा जाहेर गर्ने अधिकारी र खनाल डीएलएका पूर्वअध्यक्ष र बारका केन्द्रीय सदस्य भइसकेका व्यक्ति हुन्। मिश्र भने नेपाल बार एसोसिएसनको केन्द्रीय महासचिव भइसकेका व्यक्ति हुन्। बलियो गठबन्धन हुँदा अधिकारी र गठबन्धन नहुने अवस्थामा खनाल र मिश्रमध्ये एक जनाले अध्यक्षमा टिकट पाउने चर्चा सुरू भएको छ। अध्यक्षका लागि चर्चामा रहेका माधव बाँस्कोटाले भने दाबी पेस गरेका छैनन्।
महाचिवमा वरिष्ठ अधिवक्ता लक्ष्मण थपलिया र अरुण पौडेल, अधिवक्ताहरू डा. बिनिता कार्की, लक्ष्मण आचार्य, कृष्णप्रसाद पनेरु, सरोजकृष्ण घिमिरे र पूर्णप्रकाश बस्नेतबीच प्रतिस्पर्धा रहेको छ। उनीहरूमध्येबाट १ जनाले टिकट पाउने सम्भावना छ। त्यसमा वरिष्ठ अधिवक्ताद्वय थपलिया र पौडेलको बढी सम्भावना रहेको डीएलएका पदाधिकारीहरू बताउँछन्।
डीएलएबाट बारको उपाध्यक्षमा कोशीबाट मणि दुलाल, मधेशबाट वीरेन्द्र सिंह, बागमतीबाट रविन्द्र प्रधान, कर्णालीबाट विवशकुमार बस्नेत र सुदूरपश्चिमबाट कर्मसिंह महराको उम्मेदवारी निश्चित भएको छ।
गण्डकीबाट उपाध्यक्षमा गोपाल भूषण पराजुली र दिपक बाँस्तोला दाबी परेको छ। लुम्बिनीबाट उपाध्यक्षमा कडा प्रतिस्पर्धा देखिएको छ। लुम्बिनीबाट कैलाश ज्ञवाली, कृष्णप्रसाद पोखरेल, जोगबहादुर खत्री र महेन्द्र पाण्डेको दाबी परेको छ। महिला उपाध्यक्षमा अनिता मानन्धर जोशी, दिना श्रेष्ठबीच प्रतिस्पर्धा छ।
कोषाध्यक्षमा सूर्यबहादुर वली, बाबुराम अर्याल र राधाकृष्ण पाठकको दाबी परेको छ। कोषाध्यक्षमा ‘टिकट’ लिन वली र अर्यालबीच तीव्र प्रतिस्पर्धा रहेको बताइन्छ।
खुला र समावेशी गरी १४ सदस्यका लागि १९ जनाको दाबी परेको छ। सदस्यमा हसिना प्रधान, मणिराज उपाध्याय, दिव्यराज घिमिरे, शिवप्रसाद कँडेल, प्रदिप थापा, मन्दिरा अधिकारी, ज्योतीदेव पनेरु, मंगलसुन्दर शिल्पकार, धर्मराज भुसाल, हेमन्तराज दाहाल, हुमबहादुर खत्री र चिरञ्जीवी उपाध्याय दाबी परेको छ। त्यस्तै रामलाल श्रेष्ठ, किरण न्यौपाने, भीमप्रसाद पौडेल, दामोदर तिम्लसिना ‘चिरन’,रामचन्द्र कार्की, चक्रबहादुर थापा ‘अमित’ र अमितकुमार कर्णबीचबीच प्रतिस्पर्धा देखिन्छ।
आगामी चैत २३ गते हुने नेपाल बार एसोसिएसनको निर्वाचनमा फागुन २२ गते मनोनयन गर्नुपर्ने कार्यतालिका छ। ६ दिनभित्र उम्मेदवारी टुंग्याइसक्नु पर्ने भएकाले ‘टिकट’ लिन आकांक्षीहरूबीच दौडधुप सुरु भएको हो।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस