निजामती सेवामा अतिरिक्त सचिव राख्ने कसरतमा पूर्वसचिव ढुंगेलको टिप्पणी ‘घुमीफिरी रुम्जाटार’


काठमाडौं। निजामती सेवामा अतिरिक्त सचिव राख्ने/नराख्ने विषयमा चर्को बहस भइरहेको छ। अतिरिक्त सचिव राख्नुपर्छ र राख्नु हुँदैन भन्ने विषयमा तीव्र लबिइङ देखिन्छ। दुबै पक्षमा रहेका कर्मचारीहरूको उस्तै दौडधुप छ। धेरै सहसचिव भएका विभाग र प्रदेश मन्त्रालयका लागि अतिरिक्त सचिव बनाउने गरी संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले गठन गरेको उससमितिले तयारी थालेको पाइन्छ। यसै विषयमालाई लिएर नेपाल सरकारका पूर्वसचिव द्वारिकानाथ ढुंगेलले ‘घुमीफिरी रूम्जाटार’को संज्ञा दिएका छन्।

निजामती सेवामा फेरी अतिरिक्त राख्ने विषयमा विगतको तितो अनुभव रहेको उनको टिप्पणीले संकेत गर्छ। पूर्वसचिव ढुंगेलले अतिरिक्त सचिव राख्ने समाचारलाई साझा गर्दै लेखेका छन्, ‘तल प्रेषित समाचार अनुसार निजामती सेवामा फेरी अतिरिक्त सचिवको पद देखापर्ने छाँटकाँट देखियो। सहायक सचिवको पद पनि देखिने होकी?  अतिरिक्त सचिव पद किन र कसरी सृजना भयो? त्यसले निजामती सेवामा के असर पारेको थियो भन्ने कुरा समेत राज्य व्यवस्था तथा सुशासन समितिबाट अध्ययन गरियो होला, सो बारेमा पनि जानकारी पाउन सकिन्थ्यो कि? सहसचिवबाट सोझै सचिव बनाइएपछि अतिरिक्त सचिवहरुको प्रतिनिधि मण्डल तत्कालीन सामान्य प्रशासन सचिव श्री श्यामप्रसाद अधिकारी समक्ष पुगेर के भनेका थिए, सो पूर्वसचिव अधिकारी अझै संझना गर्नु हुन्छ। यस परिवेशमा मेरे जिज्ञासा- उल्लिखित समितिले पूर्वसचिव अधिकारीज्यूसँग हिजोको अनुभवको जानकारी लिए छ कि, लिएन छ हँ?’,

ढुंगेलले भने जस्तै अतिरिक्त समिति/उपसमितिले सचिवको विषयमा तत्कालीन प्रशासकहरूसँग परामर्श लिंदा उपयुक्त हुने देखिन्छ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ