गण्डकीका स्वास्थ्यमन्त्री पाठकको बालेनलाई धम्की, ‘के हो भाई तिम्रो पारा?’


काठमाडौं। प्रमुख प्रशासकीय अधिकृतको विषयलाई लिएर काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)विरुद्ध एमालेको सिंगो पार्टीपङ्ती नै मैदानमा उत्रिएको छ। नेकपा एमालेका महासचिव शंकर पोखरेलदेखि गण्डकी प्रदेशका स्वास्थ्यमन्त्रीसम्म बालेनविरुद्ध समाजिक सञ्जालको मैदानमा भिड्न आईपुगेका छन्।

गण्डकीका स्वास्थ्यमन्त्री पाठकले त एक कदम अगाडि बढेर बालेनलाई के हो बालेन भाई तिम्रो पारा भनेर धम्की समेत दिएका छन्। उनले समाजिक सञ्जाल फेसबुकमा लेखेको उक्त स्टाट्सको भाव बुझ्दा प्रश्नभन्दा धम्कीको आभाष बढी हुन्छ। स्वास्थ्यमन्त्री पाठकले बालेनलाई धम्क्याउँदै थप लेखेका छन्, ‘तिम्राजस्ता चर्का कुरा अरुहरुलाई पनि गर्न आउँछ भन्ने हेक्का राख भाई।’ मन्त्री पाठक बालेनविरुद्ध समाजिक सञ्जालमा टोले गुण्डा कै शैलीमा उत्रिएका छन्।

‘यथेष्ट प्रमाण जुटाएर प्रमुख प्रशासकीय अधिकृतलाई कारबाही पनि गर्न नसक्ने, छानबिन समितीको प्रतिवेदन लुकाउने, बहालवाला प्रमुख प्रशासकीय अधिकृतलाई गेटबाट भित्रपस्न समेत नदिने अनि कार्यकारी पठाएन भनेर प्रधानमन्त्रीलाई आक्रोश पोख्ने? के हो बालेन भाई तिम्रो पारा? हामी पनि कार्यकारी ठाउँमै बसेर काम गरिरहेका छौं । नियम, कानुन र कार्यविधिभन्दा माथि कोही हुँदैन र तिमि पनि छैनौं। चार भागको एकभाग पनि पुँजीगत खर्च गर्न नसक्नेका कुरै चर्का। तिम्रा जस्ता चर्का कुरा अरुहरुलाई पनि गर्न आउँछ भन्ने हेक्का राख भाई।’, स्वास्थ्यमन्त्री पाठकले लेखेका छन्।

गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री पाठक नै बालेनसँग भिड्न आइपुगेका छन्। यसले बालेनविरुद्ध संघीय सरकार मात्र होइन प्रदेश सरकारका मन्त्री पनि लागिपरेको देखिन्छ।

क्याटेगोरी : समाचार
ट्याग : #कृष्ण पाठक स्वास्थ्यमन्त्री गण्डकी प्रदेश

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ