डा. भट्टराईको नेतृत्वमा नेपालमै पहिलोपटक MIDCABG प्रविधिबाट मुटुको सफल शल्यक्रिया सम्पन्न


काठमाडौं, २४ फागुन । वरिष्ठ मुटुरोग विशेष डा. अनिल भट्टराईको नेतृत्वमा नेपालमा पहिलोपटक Minimally invasive direct coronary artery bypass grafting (MIDCABG) प्रविधिबाट मुटुको सफल शल्यक्रिया सम्पन्न भएको छ ।

तनहुँको म्याग्दी गाउँपालिका–१ घर भएका एक ४५ वर्षीया पुरुषको महाराजगञ्जस्थित् मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्स्प्लान्ट सेन्टरमा (MIDCABG) प्रविधिबाट नेपालमै पहिलोपटक मुटुको सफल शल्यक्रिया सम्पन्न भएको हो ।

ती बिरामीको चार वर्षअघि साउदी अरबमा ७० प्रतिशतभन्दा बढि मुटुको नशा बन्द भएको पत्ता लागेको थियो । र, साउदीमै मुटुको नशा खोल्न स्टेन्टिङ गरिएको थियो । तर, उक्त नशा पूनः बन्द भएपछि उनी उपचारको लागि नेपालमा फर्किएको जनाईएको छ । उनको गत बिहीबार उच्चतम प्रविधिबाट उक्त शल्यक्रिया गरिएको हो ।

मनमोहन सेन्टरका सिटिभिएस विभागीय प्रमुख एवम् वरिष्ठ मुटु शल्य चिकित्सक डा. अनिल भट्टराईको नेतृत्वमा उक्त शल्यक्तिया सम्पन्न भएको हो । अहिले ती विरामीको अवस्था राम्रो रहेको अस्पतालले जनाएको छ । उनलाई आईसियूबाट अहिले नर्मल वार्डमा सारिएको छ । एक/दुई दिनको अस्पताल बसाईपनि बिरामीको डिस्चार्ज गरिने उपचारमा संलग्न चिकित्स डा. भट्टराईले जानकारी दिए ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ