वीपी प्रतिष्ठानले करारमा १४३ स्टाफ नर्स राख्ने


सुनसरी। धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले १४३ जना स्टाफ नर्स करार सेवामा राख्ने भएको छ। प्रतिष्ठानले मान्यता प्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा प्रमाणपत्र तह उत्तीर्ण गरेका १४३ जना स्टाफ नर्स करार सेवामा राख्न लागेको हो।

प्रतिष्ठानले २३ गते सूचा निकाल्दै योग्यता पुगेका इच्छुक नेपाली नागरिकलाई ३० दिनभित्र आवेदन दिन भनेको छ। शैक्षिक योग्यताको प्रमाणपत्र, नेपाली नागरिकको प्रमाणपत्र, नेपाल नर्सिङ काउन्सिलको दर्ता प्रमाणपत्रको प्रमाणित प्रस्ट बुझिने गरी स्क्यान कपी संलग्न गरी आवेदन दिन सकिने प्रतिष्ठानको सूचनामा उल्लेख छ।

लिखित र अन्तर्वार्ताका माध्यमबाट छनौट गरिने र लिखित परीक्षा ७५ र अन्तर्वार्तामा २५ अंक हुने जनाइएको छ। पुरुषको हकमा ३५ वर्ष र महिलाको हकमा ४० वर्ष ननाघेको हुनुपर्ने छ।

थप यो सूचनामा हेर्नुहोस

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ