साझा यातायातका ३१ मध्ये  १२ सवारी प्रदूषण जाँचमा फेल, मर्मतपछि मात्रै  पुनः सञ्चालन गर्न निर्देशन 


काठमाडौं। काठमाडौं महानगरपालिका र ट्राफिक प्रहरीको संयुक्त पहलमा महानगर क्षेत्रमा सञ्चालनमा रहेका साझा यातायातका सवारी साधनको प्रदूषण जाँच गरिएको छ। २०८१ फागुन २५ गते पुल्चोकस्थित साझा यातायातको ग्यारेजमा भएको परीक्षणमा ३१ वटा सवारी साधनको जाँच गरिएको थियो।

प्रदूषण जाँचका क्रममा १२ वटा सवारी साधन निर्धारित मापदण्ड पूरा गर्न नसकी फेल भएका छन् भने १९ वटा सवारी साधन सही अवस्थामा रहेको पाइएको छ। फेल भएका सवारी साधनलाई मर्मत गरी पुनः सञ्चालनमा ल्याउने सहमति भएको छ।

सवारी साधनको प्रदूषण न्यूनीकरणका लागि काठमाडौं महानगरपालिका र ट्राफिक प्रहरीको पहलमा निरन्तर निगरानी गरिने महानगरपालिकाले जनाएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ