तीनकुनेको अवैध संरचनामा महानगरको डोजर


काठमाडौं। तीनकुनेको अवैध संरचनामा काठमाडौं महानगर प्रहरी बलले डोजर चलाएको छ। काठमाडौं महानगरपालिका वडा नम्बर ३२ तीनकुनेमा मापदण्डविपरीत बनेका संरचनाहरूमा महानगर प्रहरी बलले डोजर लगाएर भत्काएको हो।

तीनकुने क्षेत्रमा अवैध संरचना हटाउन महानगरले पटक-पटक ताकेता गरेपनि अटेर गरेपछि डोजर लगाएर भत्काएको महानगर प्रहरी बलले जनाएको छ। काठमाडौं महानगरपालिका अवैध संरचनामा डोजर लगाउने कामलाई निरन्तरता दिइरहेको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ