कृष्णलक्ष्मी-लक्ष्मी श्रेष्ठ स्मृति प्रतिष्ठानद्वारा फ्रन्टलाइन अस्पताललाई एम्बुलेन्स हस्तान्तरण

काठमाडौं। कृष्णलक्ष्मी-लक्ष्मी श्रेष्ठ स्मृति प्रतिष्ठानले सेतोपुलस्थित फ्रन्टलाइन अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गरेको छ। अस्पतालमा आयोजित एक कार्यक्रमकाबीच प्रतिष्ठानले एम्बुलेन्स हस्तान्तरण गरेको हो।
प्रतिष्ठानका अध्यक्ष रोशन श्रेष्ठले अस्पतालका अध्यक्ष नवराज पाण्डेलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरेका हुन्। एम्बुलेन्सको सदुपयोग हुने श्रेष्ठको विश्वास छ।
फ्रन्टलाइन अस्पतालका क्लिनिकल अध्यक्ष डा. योगेश न्यौपाने एम्बुलेन्सका कारण धेरै बिरामीमा पहुँच पुग्ने धारणा राखे। एम्बुलेन्सले अस्पतालको जिम्मेवारी थपिएको बताए। अस्पताललाई एम्बुलेन्स चाहिएको र प्रतिष्ठान पनि दिन तयार रहेकाले यसको सदुपयोग हुने विश्वास दिलाए।
दाँवाली मिलन क्लबका मेडिकल संयोजक डा. लोचन कार्कीले एम्बुलेन्सले उपचारमा सहज हुने बताए। एम्बुलेन्सको ‘प्रि-हस्पिटल म्यानेजमेन्ट’मा विशेष भूमिका हुने भनाइ छ। अस्पताललाई एम्बुलेन्स आवश्यक रहेकाले त्यसको उचित प्रयोग हुने पनि डा. कार्कीले विश्वास लिए।
फ्रन्टलाइन अस्पतालका अध्यक्ष नवराज पाण्डेले कृष्णलक्ष्मी-लक्ष्मी स्मृति प्रतिष्ठानले दिएको एम्बुलेन्स सामाजिक सेवाका लागि सहयोगी बन्ने बताए। एम्बुलेन्स प्रयोग गरेबापत संस्थामा आबद्धहरुको निःशुल्क सेवा दिइने घोषणा गरे। अस्पतालमा उपचारका लागि विशेष छुट समेत हुने पाण्डेले बताए। एम्बुलेन्सको सदुपयोग हुनेमा ढुक्क रहन समेत पाण्डेले आग्रह गरे। अस्पतालले राम्रो सेवा दिइरहेको र पिकअप लिइरहेको उनको भनाइ छ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस