प्रधानमन्त्री ओलीबाट लाभ लिएका व्यक्तिहरू नै राजा फर्काउने मोर्चाको अग्रपङ्क्तिमा


समाचार टिप्पणी

काठमाडौं। मुलुकमा राजा फर्काउने भनेर सडक आन्दोलनको तयारी भइरहेको छ। राजा फर्काउने अभियानमा राजावादीहरू सक्रिय हुन थालेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीबाट लाभ लिएका व्यक्तिहरू नै राजा फर्काउने अभियानमा सक्रियतापूर्वक  लागेका हुन्।
अहिले राजा फर्काउने अभियानको अग्रपङ्क्तिमा ओलीले नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिमा नियुक्त गरेका जगमान गुरूङ र मधेश प्रदेशको प्रमुख बनाएका राजेश अहिराज देखिन्छन्। ओलीले नै नेकपा एमालेको केन्द्रीय सदस्य बनाएका दुर्गा प्रसाईं पनि राजा फर्काउने भनेर मैदानमा उत्रिएका छन्। एमालेको सूर्य चिन्ह लिएर चुनाव लडेका कमल थापादेखि ओली कै सहयोगमा झापाबाट पटकपटक चुनाव जितेका राजेन्द्र लिङदेनसम्म राजा फर्काउन लागिपरेका छन्। लिङदेनले ओलीको सहयोगमै गणतन्त्रका लागि मरिमेटेर लागेका कृष्णप्रसाद सिटौलाले दुई-दुईपटक पराजित गरेको थिए।
राजतन्त्र पुनःस्थापना गर्नका लागि लागेका अन्य व्यक्तिको पृष्ठभूमि हेर्दा प्रधानमन्त्री ओलीसँग कुनै न कुनै हिसाबले जोडिएको पाइन्छ। यो केवल संयोग मात्र पनि हुनसक्छ।

क्याटेगोरी : समाचार
ट्याग : #जगमान गुरूङ, #डा. राजेश अहिराज झा, #दुर्गा प्रसाई

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ