गृहले अछामकाबाहेक सहसचिवको दरबन्दीमा रहेका उपसचिव सिडिओ चलाउन सकेन

काठमाडौं। काठमाडौं गृह मन्त्रालयले अछाम जिल्लाकोबाहेक सहसचिवको दरबन्दीमा रहेका उपसचिव प्रमुख जिल्ला अधिकारी (सिडिओ) चलाउन सकेन। गृहले सात जिल्लाका प्रमुख जिल्ला अधिकारी चलाउँदा सहसचिवको दरबन्दी अछामको सिडिओ रहेका उपसचिव शिवप्रसाद लम्सालबाहेक अरुलाई सरुवा गर्न नसकेको हो।
त्यस्तै उदयपुरका प्रमुख जिल्ला अधिकारी सहसचिव हरिप्रसाद घिमिरेलाई उपसचिवमा ‘घटुवा’ गरेर पर्वतको सिडिओ बनाएर पठाइएको हो। सिडिओबाट सिडिओमा सरुवा हुने घिमिरे एक्ला व्यक्ति हुन्।
गृह मन्त्रालयले सहसचिव प्रेमप्रसाद लुईटेँललाई उदयपुर, आनन्द सारूलाई अछाम, कुमान सिंह गुरुङलाई बागलुङ, दिल कुमार तामाङलाई कपिलवस्तु, जगदीश्वर उपाध्यायलाई सुर्खेतको र भविश्वर पाण्डेलाई नवलपरासी(बर्दघाट सुस्ता पूर्व)मा सिडिओ बनाएर पठाएको छ।
कपिलवस्तुका सिडिओ विश्वप्रकाश अर्याल, सुर्खेतका सिडिओ शंकरहरि आचार्य, नवलपरासी पूर्वका सिडिओ अरुण पोखरेल, बागलुङका सिडिओ नेत्रप्रसाद सुवेदी र पर्वतका सिडिओ केदारनाथ शर्मालाई गृह मन्त्रालयमा तानिएको छ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस