खुला सहसचिव प्रशासन र न्यायमा नाम निकालेका अमित अदालतको सहसचिव बने


काठमाडौं। खुला प्रतिस्पर्धाबाट न्याय र प्रशासन सेवामा एकसाथ लिखितमा नाम निकालेका अमित उप्रेती न्याय (अदालत) तर्फको सहसचिव बन्न सफल भएका छन्। नेपाल न्याय सेवा न्याय समूहमा उनको नाम सिफारिस भएको हो।

बिर्तामोड झापाका अमित उप्रेतीले लोक सेवा आयोगले लिएको सहसचिव खुलाको लिखित परीक्षामा न्याय सेवाका न्याय र सरकारी वकिल दुईवटै समूहमा नाम निकालेका थिए। त्यस्तै प्रशासन तर्फको खुला सहसचिवको लिखित नतिजामा पनि उनी नाम निकाल्न सफल भएका थिए। अन्तर्वार्तापछि भने अमित न्याय सेवामै अडिएका छन्।

महान्यायाधिवक्ताको कार्यालयमा उपन्यायाधिवक्ता पदमा कार्यरत अमित सहसचिवको आन्तरिक प्रतिस्पर्धामा सहभागी भएका थिए। तर उनी आन्तरिक प्रतिस्पर्धामा लिखितमै असफल भए। त्यसको बदला अमितले खुलाबाट लिएका हुन्।

न्याय सेवाको न्याय समूह खुला १ पदका लागि अमितसहित विवेककुमार बराल र श्रीधर अर्यालले लिखितमा नाम निकालेका छन्। न्यायमा अमितले बाजी मारेका छन्। सरकारी वकील समूहमा भने विवेककुमार बराल र श्रीधर अर्याल सिफारिस भएका हुन्।

क्याटेगोरी : समाचार
ट्याग : #अमित उप्रेती, #न्याय समूह, #विवेककुमार बराल, #श्रीधर अर्याल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ