काठमाडौं महानगरपालिकाभित्र कुकुर/बिरालो पाल्न दर्ता गर्नुपर्ने


काठमाडौं। काठमाडौं महानगरपालिकाभित्र कुकुर/बिरालो पाल्न दर्ता गर्नुपर्ने भएको छ। काठमाडौं महानगरपालिकाले एक सूचना जारी गर्दै कुकुर/बिरालो दर्ताका लागि अनुरोध गरेको हो।

काठमाडौं महानगरपालिका क्षेत्रमा कुकुर/बिराला चोरी भएको, हराएको तथा छाडा छोडिएको जनगुनासो आइरहेको हुँदा दर्ता गर्ने व्यवस्था मिलाइएको महानगरले जनाएको छ। कुकुर/बिरालो जोनाउन माइक्रोचिप लगाई सम्बन्धित बडा कार्यालयमा दर्ता गराएर मात्र पाल्न महानगरले आग्रह गरेको हो।

‘काठमाडौं महानगरपालिका क्षेत्रमा कुकुर/बिराला चोरी भएको, हराएको तथा छाडा छोडिएको जनगुनासो आइरहेको हुँदा आफ्ना कुकुर/बिरालोलाई माइक्रोचिप लगाई सम्बन्धित बडा कार्यालयमा दर्ता गराएर मात्र पाल्नुहुन सम्बन्धित सबैमा अनुरोध छ । साथै, काठमाडौँ महानगर क्षेत्रबाट वा क्षेत्रभित्र कुकुर/बिरालो बिक्री वितरण गर्ने व्यक्ति /संस्थाले अनिवार्य रूपमा माइक्रोचिपिङ गरेर मात्र बिक्री वितरण गर्नु/गराउनुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।’, महानगरद्वारा प्रकाशित सूचनामा उल्लेख छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ