मेयर बालेनले तीनकुने घटनाका पीडित परिवारलाई भेटे, निष्पक्ष छानबिन हुनुपर्ने मत

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले तीनकुने घटनाका पीडित परिवारलाई भेटेका छन्। गत १५ गतेको तीनकुने घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजक र सविन महर्जनको परिवारलाई बालेनले भेटेका हुन्।
पीडित परिवारलाई संवेदना प्रकट गर्दै मेयर बालेनले उक्त घटनाको निष्पक्ष न्यायिक छानबिनको हुनुपर्ने मत राखेका छन्। सरकारले तीनकुने घटनाको न्यायिक छानबिन समिति बनाउन आनाकानी गरिरहँदा बालेनले निष्पक्ष छानबिन हुनुपर्ने मत राखेका हुन्।
मेयर बालेनले पीडित परिवारलाई भेटेको तस्विर सार्वजनिक गर्दै उनका प्रमुख स्वकीय सचिव भूपदेव शाहले सामाजिक सञ्जालमा लेखेका छन्, व्यक्तिले ज्यान गुमाउने कुरा सामान्य हुदैँ होइन, यो अपराधिक हो। दोष कुनै पनि पक्षको होला त्यो तपशिलको कुरा हो, निष्पक्ष न्यायिक छानबिन हुनैपर्छ। तर्क जे सुकै होस्, कोहिले अनाहकमा ज्यान गुमाउनु भएन।’,
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस