नेपाल बार निर्वाचन: रमणभन्दा ५४० मतले विजय अगाडि

काठमाडौं। नेपाल बारको पछिल्लो मतपरिणाम अनुसार विजयप्रसाद मिश्र रमण श्रेष्ठभन्दा ५४० मतले अगाडि देखिएका छन्। जनकपुर, रुपन्देही, पाल्पा र नवलपरासीको मत परिणाम जोड्दा विजयभन्दा रमणले ५४० मत बढी ल्याएका हुन्। विजय ११९० मत ल्याउदा रमणलाई ६५० मत प्राप्त भएको छ।
जनकपुरमा विजयले ९८ मत पाउँदा रमणले ४० मत ल्याएका छन्। रूपन्देहीमा विजयको ८४ मत आउँदा रमणको १८ मत आएको छ। पाल्पामा विजयको ४९ मत हुँदा रमण १३ मा सीमित भएका छन्।
नवलपरासीमा विजयलाई २६ मत प्राप्त हुँदा रमणले त्यसको आधा १३ मत मात्र पाएका हुन्। मतगणना जारी छ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस