क्यान्सर पीडित पवित्रा कुँवरको उपचारका लागि सहयोगी हातहरू थपिँदै, सहयोगका लागि अपिल


काठमाडौं। क्यान्सर पीडित अछाम साँफेबगर नगरपालिकाकी पवित्रा कुँवरको उपचारका लागि सहयोगी हातहरू थपिँदैछन्। आर्थिक रूपले विभन्न रहेकी क्यान्सर पीडितको उपचारका लागि आर्थिक अभाव भएपछि आर्थिक सहयोगको आह्वान गरिएको छ। उक्त अभियानमा सहयोगी हातहरू थपिँदै गएका छन्।

ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर हस्पिटलमा उपचाररत क्यान्सर पीडित कुँवरको उपचारका लागि आर्थिक स्रोतको अभाव भएपछि परिवारले सहयोगको अपेक्षा गरेको छ। उनको उपचारका लागि केही आर्थिक सहयोग जुट्ने क्रम रहेपनि उक्त रकम प्रयाप्त नभएको परिवारका सदस्यहरू बताउँछन्। सबैजनाले आफ्नो आफ्नो ठाउँबाट सक्दो सहयोग गरे उनको उपचारमा सहयोग पुग्ने परिवारका सदस्यहरूको विश्वास छ।

क्यान्सर पीडित ५८ वर्षीय कुँवर पछिल्लो समय कृषी खेतीको सिलसिलामा भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका गुढीगाउँ ५ डेरामा बस्दै आएकी थिइन्। पेटमा समस्या आएपछि भक्तपुर क्यान्सर अस्पताल चेकअप गर्दा क्यान्सर लागेको पुष्टि भएको हो। क्यान्सर पीडित कुँवरलाई सहयोग गर्न चाहनेले डम्बर कुँवर, ९७४५८१३४५६ र छत्र कुँवर ९८६८८६८४०८ सम्पर्क गरेर सहयोग गर्न सकिन्छ। क्यान्सर पीडित कुँवरको उपचारका लागि धेरै खर्च लाग्ने भएकाले परिवारले सहयोगी हातहरू खोजेको हो। उनको परिवारका सदस्यहरूले आर्थिक सहयोगका लागि अपिल गरेका छन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ