काठमाडौं जिल्ला बारको अन्तिम मतपरिणाम: विजयले १०८२ मत प्राप्त गर्दा रमण २५२ मतमा सीमित

काठमाडौं। डेमोक्र्याटहरूको गण मानिएको काठमाडौं जिल्ला अदालत बारको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। काठमाडौं जिल्ला बारमा डीएलए-पीपीएलएका तर्फबाट अध्यक्षका उम्मेदवार विजयप्रसाद मिश्रले १०८२ मत ल्याएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी रमणकुमार श्रेष्ठले २५२ मत ल्याएका छन्। विजय र रमणबीच ८३० को मतान्तर रहेको छ। त्यस्तै विजयको प्यानलमा महासचिवका उम्मेदवार केदारप्रसाद कोइराला ८७९ मत पाउँदा रमणका महासचिव यज्ञमणि न्यौपानेले ३३३ मत पाएका छन्।
बागमती प्रदेशका उपाध्यक्ष तेजबहादुर रावलले १०१८ मत ल्याउँदा डेकेन्द सुवेदीले २७३ मत पाएका छन्। कोषाध्यक्षमा जगतबहादुर कार्कीले १०२२ मत पाउँदा दिपक राईले १७० मत ल्याएका छन्। महिला उपाध्यक्षमा सरस्वती श्रेष्ठले ७९१ मत पाउँदा दिना श्रेष्ठले ४७७ मत ल्याउन सफल भएकी छिन्।
यस्तो छ काठमाडौं जिल्ला बारको अन्तिम मतपरिणाम
तपाईको प्रतिक्रिया दिनुहोस