युएसआईडी बन्दको छिटा यत्रतत्र सर्वत्र, कुन संस्थामा कति कटौती?


काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यूएसआईडी बन्द गर्ने घोषणा फेब्रुअरी ६ मा गरेका थिए। यूएसआईडीमा अभूतपूर्व स्तरको भ्रष्टाचार  रहेको भन्दै यसलाई बन्द गर्न आह्वान गरेका थिए । उनका सल्लाहकार एलन मस्कले त उक्त संस्थालाई आपराधिक संस्था भएको समेत औपचारिक रुपमा बताएका छन् ।

यूएसआईडी बन्दसँगै यसको बाछिटा संसारभर परेको छ । यसबाट नेपाल पनि अछुतो रहेको छैन । यूएसआईडीले नेपालमा विभिन्न विकास परियोजनामा काम गर्दै आएको थियो ।

सन् २००० देखि २०२३ सम्म यस संस्थाले नेपालको स्वास्थ्य, शिक्षा, पूर्वाधार, कृषि, आर्थिक वृद्धि, महिला तथा बालबालिका, सशक्तीकरण, वातावरण जस्ता दर्जनौं क्षेत्रमा गरी करिब २ सय अरब रुपैयाँ अनुदान दिइसकेको छ । अदृश्य रुपमा लगानी गरेको विषय अझै बाहिर आएको छैन ।

तथ्याङ्क हेर्दा नेपालका कुनै पनि आईएनजीओ, एनजीओले यूएसआईडीको रकम नपाउने छैन् । ट्रम्पको आदेशसँगै ओझेल परेको यूएसआईडीको बाछिटा नेपालमा यत्रतत्र सर्वत्र परेको छ ।

यूएसआईडीको दाना पानीले मात्रै खुलेका संस्थाहरू बन्द हुने प्रक्रियामा रहेका छन् । पिएसआई, आरटीआई, हर्टइन्टरनेशन बन्दको तयारीमा जुटेका छन् । पिएसआई असार पछि बन्द हुने छ । उक्त संस्था नेपालबाट अब सधैँका लागि हराउने छ । सत प्रतिशत सहयोग रहेको आरटीआईर हर्ट इनटरनेशनल पनि बन्दको तयारीमा छन् ।

हेलन किलर इन्टरनेशनलको ९० प्रतिशत सहयोग रोकिएको छ । एफएचआई तीन सय साठीको पनि ६० प्रतिशत सहयोग रोकिएको छ । केयर नेपालमा यूएसआईडीको सहयोग ८० प्रतिशत थियो । सेभ द चिल्ड्रेनको पनि ५० प्रतिशत सहयोग बन्द भएको छ ।

डब्लुएचओको २० प्रतिशत सहयोग कटौती गरेको छ । डब्लुएचओले स्थायी कर्मचारी समेत निकाल्नलाई सेवा सुविधाको आकर्षक अफर बाहिर ल्याएको छ । युएनएफपिएको कुल बजेटको २० प्रतिशत रकम कटौती भएको छ । युएनएड्सको पनि १० प्रतिशत बजेट कटौती भएको छ । युएनडिपी र डब्लुएफपीको पनि सोही अनुपातमा बजेट कटौती भएको छ ।

यता आइएसआईको ४० प्रतिशत र आइपासको २० प्रतिशत बजेट कटौती भएको छ । वान हर्ट वल्ड वाइडको ३० प्रतिशत यूएसआईडीको बजेट कटौती भएको छ । 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ