मुलुक ‘ग्रे लिस्ट’मा परेका बेला बिचौलियाको योजनामा क्षेत्रीलाई गभर्नर बनाउने तयारी


काठमाडौं। मुलुक फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटिएफ)को ग्रे लिस्टमा परेको छ। २ वर्षभित्र पनि नेपालको अवस्थ सुधार नभए ‘एफएटिएफ’को कालोसूचीमा (ब्ल्याक लिस्ट)मा पर्ने खतरा छ। यस्तो अवस्थामा महत्त्वपूर्ण नियमनकारी निकाय मानिएको राष्ट्र बैंकको गभर्नर नियुक्तिमा ठूलो चलखेल सुरू भएको पाइन्छ।

विश्वस्त स्रोतका अनुसार निकट भविष्यमै राजेन्द्रकिशोर क्षेत्रीलाई नेपाल राष्ट्र बैंकको गभर्नर बनाउने तयारी भइरहेको छ। क्षेत्रीलाई गभर्नर बनाउनका लागि शंकर ग्रुप, बिचौलिया दिपक भट्टदेखि पाथीभरा केवलकारवाला चन्द्र ढकालसम्म एक ठाउँमा उभिएको स्रोतको दाबी छ।

अर्थतन्त्रको सबै सूचाङ्क नकारात्मक रहेका बेला अर्थ र बैङ्किङ क्षेत्रको ज्ञान र अनुभव नै नभएका पूर्वअख्तियार प्रमुख लोकमान सिंह कार्की का विश्वासपात्र क्षेत्रीलाई सरकारले राष्ट्र बैंकको गभर्नर नियुक्त गर्न खोजेको हो। कानुन समूहका क्षेत्री ऊर्जा मन्त्रालयमा ताण्डव मच्चाएर लोकदर्शन रेग्मीको सेटिङमा केही समयका लागि मुख्यसचिव समेत बनेका थिए। ऊर्जामा हुँदा लोकमानको सेटिङमा हाइड्रोमा बदमासी गरेका क्षेत्रीलाई गभर्नर बनाउन ६५ वर्षीय उमेरहद समेत हटाइएको छ। उनलाई गभर्नर बनाउन बुढानिलकण्ठ ‘फ्याक्टर’को विशेष दबाब रहेको बताइन्छ।

‘एक्सिडेन्टल’ मुख्यसचिव क्षेत्रीलाई गभर्नर बनाउँदा मुलुकको अर्थतन्त्र नै ‘एक्सिडेन्ट’मा पर्ने अर्थविद्हरू दाबी गर्छन्। क्षेत्री राष्ट्र बैंकको गभर्नर बन्नका लागि उपयुक्त पात्र नभएपनि मुलुक ‘ग्रे लिस्ट’मा परेका बेला शक्ति केन्द्र र बिचौलिया उनलाई नै बोकेर हिँडिरहेका छन्। क्षेत्री गभर्नर बने बैकिङ्ग क्षेत्र बिचौलियाको नियन्त्रणमा पुग्ने खतरा देखिन्छ। मुलुकलाई ‘ग्रे लिस्ट’बाट ‘ब्ल्याक लिस्ट’मा धकेल्न क्षेत्री जस्ता पात्रलाई गभर्नर बनाउने तयारी भइरहेको पाइन्छ। गभर्नर नियुक्तिका लागि आर्थिक चलखेल भइरहेको पूर्वगभर्नरले नै सार्वजनिक अभिव्यक्ति दिइरहँदा क्षेत्रीलाई नियुक्ति दिलाउन लागिपर्नुलाई आश्चर्यको रूपमा हेरिएको छ।

क्याटेगोरी : समाचार
ट्याग : #गभर्नर, #नेपाल राष्ट्र बैंक, #राजेन्द्रकिशोर क्षेत्री

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ