राजस्व अनुसन्धान कार्यालय बुटवलले करोड बढीको मुद्दा हाल्यो


काठमाडौं। राजस्व अनुसन्धान कार्यालय, बुटवलले १ करोड बढीको राजस्व छलीको मुद्दा दायर गरेको छ। कार्यालयले १ करोड ८ लाख बढी मागदाबीसहित उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा राजस्व छलीको मुद्दा दायर गरेको हो।

राजस्व कार्यालयले सुन्दर हार्डवेयर एण्ड प्लाइउड सञ्चालनविरुद्ध मुद्दा दायर गरेको हो। कार्यालयबाट खटिएको टोलीले जिल्ला रुपन्देही, सिद्धार्थनगर नगरपालिका, वडा नम्बर लुम्बिनी गेटमा रहेको सुन्दर हार्डवेयर एण्ड प्लाइउड जोगेन्द्र अग्रहरीलाई समेत प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो। उनले सञ्चालन गरेको पसल तथा गोदामको खानतलासी तथा मालवस्तुको भौतिक निरीक्षण गरी बिल बिजक, खरिद खाता, विक्री खाता, लगायत अन्य आवश्यक कागजातहरु तथा मालवस्तुको भौतिक गणना गरी विश्लेषण गर्दा उक्त फर्मको मौज्दात किताबमा प्रविष्टि गरेबमोजिमको परिमाण भन्दा भौतिक निरीक्षणबाट प्राप्त परिमाण बढी देखिएको कार्यालयले जनाएको छ।

‘केही मालवस्तुको परिमाण कम देखिनु जस्ता विभिन्न पक्ष समेतलाई हेर्दा निज प्रतिवादीले प्रस्तुत फर्मका नाममा मालवस्तु खरिद गरी मौज्दात किताबमा प्रविष्टि नगर्नु, बिजक नै जारी नगरी मालवस्तु बिक्री गर्नु, बिक्री भएको मालवस्तुको अभिलेख बिक्री खातामा प्रविष्टि नगर्नु, पेश गरेको मौज्दात विवरण भन्दा अधिक मालवस्तु गोदामबाट फेला पर्नु, बढी फेला परेको मालवस्तुको खरिद तथा भन्सार पैठारी गरेको कुनै निस्सा प्रमाण निजले पेश गर्न नसक्नु तथा कारोबार र कर छल्ने उद्देश्यले न्यून बिक्री देखाई राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, 2052 (संशोधन सहित) को दफा 4(छ) र (झ) बमोजिमको कसूर गरेको पुष्टि हुन आयो।’, राजस्व अनुसन्धान विभागले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ