संवैधानिक आयोगका ५२ नियुक्ति हेर्दाहेर्दैमा, आईतबारदेखि लगातार सुनुवाई


काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित संवैधानिक आयोगमा भएको ५२ नियुक्तिको रिट सर्वोच्चले हेर्दाहेर्दैमा राखेको छ। बुधबार सुनुवाई भएको उक्त रिट सर्वोच्च अदालतले हेर्दाहेर्दैमा राखेर टुंग्याउने गरी आईतबारदेखि निरन्तर सुनुवाइमा राखेको हो।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरू सपना मल्ल प्रधान, मनोजकुमार शर्मा, कुमार चुँडाल र नहकुल सुवेदीको संवैधानिक इजलासमा हेर्दाहेर्दैमा राखिएको रिट ७ गते पेशी तोकिएको छ। बुधबार सुनुवाई नसकिएपछि आईतबारलाई पेशी तोकिएको हो। साढे ४ वर्ष पुग्न लाग्दा उक्त रिट किनारा लाग्ने सम्भावना बढेको छ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि संवैधानिक आयोगमा नियुक्ति गरेका थिए। पहिलो लटमा अख्तियार प्रमुखसहित र दोस्रो लटमा लोकसेवा आयोगका अध्यक्षसहित ५२ जनाको नियुक्ति भएको थियो। संसद् विघटन भएपछि संसदीय सुनुवाई बिना नै ती नियुक्ति भएको भन्दै सर्वोच्च अदालतमा रिट परेको थियो। चोलेन्द्र शम्शेर जबरा, हरिकृष्ण कार्की हुँदै विश्वम्भरप्रसाद श्रेष्ठसम्म संवैधानिक इजलासको नेतृत्वमा रहँदा उक्त रिट पन्छ्याउँदै आएका थिए। प्रकाशमान सिंह राउतले संवैधानिक इजलासको नेतृत्व गर्नेवित्तिकै संवैधानिक नियुक्तिको रिटले प्राथमिकता पाएको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ