वन र पशुपन्छी मन्त्रालयको सचिव साटफेर, मिश्र वनमा खराल पशुपन्छीमा

काठमाडौं। वन तथा वातावरण मन्त्रालय र पशुपन्छी विकास मन्त्रालयको सचिव साटफेर भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार वन तथा वातावरण मन्त्रालयका सचिव डा. दिपक खरालको पशुपन्छी विकास मन्त्रालयको सचिवमा सरूवा भएको छ। पशुपन्छी विकास मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्र वन सचिवमा सरूवा भएका छन्।
डा. खराल पहिला पनि पशुपन्छी विकास सचिव भइसकेका हुन्। उनी कृषि सचिव समेत भएर दोहोऱ्याएर वन सचिव भएका थिए। फेरि उनी पशुपन्छी मन्त्रालयमा फिर्ता भएका छन्। गत असोजमा कृषिबाट वन पुगेका खराल ७ महिनामै पशुपन्छी विकास सचिव भएर एउटै भवनमा पुगेका छन्। रेवतीरमण पौडेललाई विस्थापित गरेर वन पशुपन्छी सचिवबाट बन पुगेका खराल कृषि सचिव बनेर फेरि फिर्ता भएका थिए। गोविन्द शर्मालाई विस्थापित गरेर फेरि कृषिबाट वनमा पुगेका खराल अहिले दोहोऱ्याएर पशुपन्छीमा फर्किएका हुन्।
क्याटेगोरी : समाचारट्याग : #डा. दिपक कुमार खराल सचिव, #डा. राजेन्द्रप्रसाद मिश्र सचिव
तपाईको प्रतिक्रिया दिनुहोस