सामान्यको बरण्डामा सहसचिवको बटालियन, १७ जना सहसचिव परेड खेल्दै


काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूह (बरण्डा) सहसचिवहरूको बटालियन तयार भएको छ। दिनप्रतिदिन १७ जना सहसचिव परेड खेल्दै आएका छन्। प्राविधिक समूहका सहसचिव प्रेमकुमार सिंहदेखि एटिसी अफिसरबाट सीधै खुला प्रतिस्पर्धामा सहसचिव भएका मुकेश डंगोल परेड खेल्ने टिममा परेका छन्।

सिंह लामो समयदेखि सामान्यको बरण्डामा हाजिर गर्दै टाप ठोक्ने (हाटा) गर्ने कार्य गर्दै आएका छन्। माघमा बढुवा भएका गोविन्दप्रसाद अधिकारी, चिरञ्जीवी तिमिल्सिना पनि अहिलेसम्म हाटा गर्दै आएका छन्। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको महानिर्देशकबाट तानिएका राजन पौड्याल पनि सामान्यको बरण्डामै थन्किएका हुन्।

आन्तरिक प्रतिस्पर्धाबाट सहसचिव भएका रोशन ज्ञवाली, यज्ञ पुरी, मोतिराम सापकोटा, सिर्जना थपलिया, हेमराज अर्याल, रुद्रबहादुर कार्की र टंकनाथ लम्साल पनि सामान्यको अतिरिक्तमा हाजिर गर्दै आएका छन्।

खुला प्रतिस्पर्धाबाट सहसचिव भएका मुकेश डंगोल, एकदेव अधिकारी, सफल पोर्तेल र समावेशीबाट सहसचिव भएका निता शर्मा, लक्ष्मीकुमार विक पनि उक्त बटालियनमा मिसिन पुगेका छन्। कर्मचारी व्यवस्थापनको जिम्मा बोकेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सहसचिव व्यवस्थापन कमजोर देखिएको छ। सरुवा मन्त्रालयको उपमा पाएको सामान्यले बरण्डामा सहसचिवको बटालियन खडा गरेर लय गुमाएको देखिन्छ। सामान्य कै सिको सुशासनको ठेकेदार ठान्ने गृह मन्त्रालयले गर्दै आएको छ।

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार
ट्याग : #एकदेव अधिकारी, #गोविन्दबहादुर अधिकारी, #चिरञ्जीवी तिमिल्सिना, #टंकनाथ लम्साल, #निता शर्मा, #प्रेमकुमार सिंह, #मुकेश डंगोल, #मोतिराम सापकोटा, #यज्ञ पुरी, #राजन पौड्याल, #रुद्रबहादुर कार्की, #रोशन ज्ञवाली, #लक्ष्मीकुमार विक, #सफल पोर्तेल, #सिर्जना थपलिया, #हेमराज अर्याल

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ