कुमाले धारामा खुला जिम सेन्टर सञ्चालनमा


काठमाडौं। बानेश्वर देवीनगरस्थित कुमाले धारामा खुला जिम सेन्टर सञ्चालनमा आएको छ। काठमाडौं महानगरपालिका वडा नम्बर १० मा रहेको कुमाले धारामा प्रदेश सरकारको आर्थिक सहयोगमा खुला जिम सेन्टर सञ्चालनमा आएको हो। उक्त खुला जिम सेन्टर बागमती प्रदेशसभा सदस्य (सांसद) दिपेन्द्र श्रेष्ठले उद्धाटन गरेका छन्।


बागमती प्रदेशका पूर्वपर्यटनमन्त्री समेत रहेका श्रेष्ठले ऐतिहासिक कुमाले धारामा खुला जिम सेन्टर, पार्क, मन्दिर तथा कुमाले धारा संरक्षणमा विशेष भूमिका खेलेका छन्। कुमाले धारा संरक्षणमा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहको पनि विशेष योगदान रहेको छ। काठमाडौं महानगरपालिका वडा नम्बर १० ले पनि कुमाले धारामा गेटलगायतका पूर्वाधार निर्माणमा सहयोग पुऱ्याएको पाइन्छ।


सोमबार कुमाले धारामा बनेको खुला जिम सेन्टरको उद्घाटन गर्दै सांसद श्रेष्ठले स्थानीयहरूलाई स्वस्थ रहनका लागि जिम सेन्टरले विशेष योगदान पुऱ्याउने विश्वास व्यक्त गरे। यस्ता पार्कहरु काठमाडौं महानगरपालिका वडा नम्बर १०,११, २९ र ३१ का विभिन्न ठाउँमा निर्माण गरिएको उनको भनाइ छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ