चन्द्रकला पौडेल सचिवमा बढुवा, केदारनाथ शर्मा बने भूमि व्यवस्था सचिव


काठमाडौं। सहसचिव चन्द्रकला पौडेल सचिवमा बढुवा भएकी छिन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा कार्यरत सहसचिव पौडेल सचिवमा बढुवा भएकी हुन्। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो।

२०७० सालमा महिला कोटाबाट सहसचिव बनेकी पौडेल ११ वर्षपछि सचिवमा बढुवा भएकी हुन्। उनीसँगै खुलाबाट सहसचिव भएका शोभाकान्त पौडेल र भूपाल बराल सचिव बढुवाको प्रतिक्षामा छन्। सचिव बढुवाका लागि चन्द्रकला, शोभाकान्त र भूपालको नाम सिफारिस भएको थियो। मन्त्रिपरिषद्को बैठकले चन्द्रकलालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो।

त्यस्तै रिक्त भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिवमा केदारनाथ शर्माको सरूवा भएको छ। कोशी प्रदेशका प्रमुख सचिव रहेका शर्मालाई भूमि व्यवस्था सचिवमा सरूवा गरिएको हो। प्रदेशबाट संघमा आउनेमा शर्मा सबैभन्दा सिनियर प्रमुख सचिव थिए। अर्जुनप्रसाद पोखरेल अवकाश भएपछि रिक्त रहेको भूमि सचिवको जिम्मेवारी शर्माले पाएका हुन्। शर्माभन्दा पछाडि सचिवमा बढुवा भएका लोकनाथ पौड्याल संघमा छिरेपनि उनी प्रदेशमै थिए। सचिवमा बढुवा भएर कोशी प्रदेशको प्रमुख सचिवको जिम्मेवारी सम्हालेको १ वर्षपछि शर्माले संघमा फर्किएर भूमि व्यवस्था सचिव हुने मौका पाएका हुन्।

क्याटेगोरी : समाचार
ट्याग : #चन्द्रकला पौडेल (महिला), #सचिव केदारनाथ शर्मा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ