सशस्त्रको एआईजी बन्न चर्को प्रतिस्पर्धा


काठमाडौं। सशस्त्र प्रहरीको एक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि चर्को प्रतिस्पर्धा सुरू भएको छ। एआईजी चन्द्रप्रकाश गौतम अनिवार्य अवकाशमा गएसँगै उक्त पदमा एआईजी हुनका लागि चर्को प्रतिस्पर्धा सुरू भएको हो।

एआईजीको प्रतिस्पर्धामा डिआईजीहरू कमल गिरी, गणेश ठाडा मगर, कुलबहादुर नेम्वाङ र शम्भु सुवेदी रहेका छन्। एआईजी हुनेले भावी आईजी हुने र एआईजी नहुने डिआईजीबाटै घर जानुपर्ने भएकाले बढुवामा चर्को प्रतिस्पर्धा देखिएको हो। पहिलो नम्बरमा डिआईजी रहेका कमल गिरी र दोस्रो नम्बरका गणेश ठाडा मगरबीच बढी प्रतिस्पर्धा देखिएको छ। उनीहरूबीचको प्रतिस्पर्धाबाट फुत्किएर एआईजी हुने दाउमा कुलबहादुर नेम्बाङ रहेका छन्।

एआईजीमा अहिलेका सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालकै ‘ब्याची’ प्रतिस्पर्धामा छन्। उनी एआईजी भए आईजी बन्न पाउने छैनन्। किनकी सुवेदी अर्यालपछि आईजी बन्ने नारायणदत्त पौडेल र वंशीराज दाहाल पालो भएकाले उनी पनि एआईजीबाटै घर जानेछन्। गिरी, ठाडा र नेम्वाङ मात्र आईजीसम्म पुग्नेछन्। त्यसैले सशस्त्र प्रहरी बलको रिक्त एक एआईजी बढुवाका लागि कडा प्रतिस्पर्धा देखिन्छ। सशस्त्रको रिक्त एआईजी बढुवा गर्नका लागि सरकारलाई सकस परिरहेको छ। राम्रो काम गर्ने छवि बनाएका आईजीपी राजु अर्याल पनि चाँडै एआईजी बढुवा होस् भन्ने चाहन्छन्। तर, गृह मन्त्रालयले ढिलाइ गरिरहेको छ।

क्याटेगोरी : समाचार
ट्याग : #आईजी राजु अर्याल, #एआईजी, #कमल गिरी, #कुलबहादुर नेम्वाङ, #गणेश ठाडा मगर, #डिआईजी, #शम्भु सुवेदी, #सशस्त्र प्रहरी बल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ