सामान्यको बरण्डामा रहेको सहसचिवको बटालियन तितरबितर, अझै आधा दर्जन बाँकी


काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूह (बरण्डा) सहसचिवहरूको बटालियन तितरबितर भएको छ। सरकारले सामन्यको बरण्डामा रहेका झन्डै १ दर्जन सहसचिव सरूवा भएपछि उनीहरू तितरबितर भएका हुन्। तर, सामान्यको बरण्डामा नरेन्द्र कुमार रानासहितकेही सहसचिव थपिएका छन्।

सामान्यको बरण्डामा रहेका सहसचिव रुद्रबहादुर कार्कीलाई लोक सेवा आयोग वा अन्तर्गत सरूवा गरिएको छ। यज्ञ पुरीलाई सुदूरपश्चिम प्रदेश पठाइएको छ। त्यस्तै रोशन ज्ञवालीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय वा अन्तर्गत, मोतिराम सापकोटालाई लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वा अन्तर्गत, ध्रुव गिरीलाई गण्डकी प्रदेश पठाइएको छ।

मुकेश डंगोलको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा हुँदा एकदेव अधिकारी कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वा अन्तर्गत सरूवा भएका छन्। सफल पोर्तेल लोक सेवा आयोग वा अन्तर्गत र लक्ष्मीकुमार विक कर्णाली प्रदेशकाे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वा अन्तर्गत सरूवा भएका हुन्। सामान्यको बरण्डामा रहेका राजन पौडेल राष्ट्रिय योजना आयोग पुगेका छन् भने चिरञ्जीवी तिमिल्सिना अर्थ मन्त्रालय पुगेका हुन्।

सामान्यको बरण्डामा रहेका सहसचिवहरू रामगोविन्द अर्याल र मुकेश रेग्मी सञ्चार तथा सूचना प्रविधि मन्त्रालय वा अन्तर्गत सरूवा भएका हुन्। सामान्यको बरण्डामा रहेका प्रेमकुमार सिंह, गोविन्दप्रसाद अधिकारी, सिर्जना थपलिया, हेमराज अर्याल, टंकनाथ लम्साल र निता शर्मा समेत सामान्यको बरण्डामै ‘डेरा’ जमाएर बसिरहेका छन्। बागमती प्रदेशमा रहेका रुद्रप्रसाद लामिछाने सामान्यको बरण्डामा आएका छन् भने कोशी प्रदेशबाट पुष्कर न्यौपाने पनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरूवा भएर आएका हुन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाबाट ‘ठूलो भाग खान’ गृह मन्त्रालयमा गएका सहसचिव बलराम रिज्याल गृहको बरण्डाबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय आएका छन्। राष्ट्रिय योजना आयोगका कृष्णप्रसाद सापकोटा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पुगेका छन्। गृह मन्त्रालय वा अन्तर्गतका सहसचिव भीष्म कुमार भुसाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वा अन्तर्गत सरूवा भएका हुन्।

सहसचिव नवराज ढुंगाना सुदूरपश्चिम प्रदेश प्रमुखको कार्यालयबाट राष्ट्रिय योजना आयोगमा सरूवा भएका छन्। अर्थ मन्त्रालयकी पार्वती अर्याल परराष्ट्र मन्त्रालय लगिएकी छिन्। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव प्रदिप अधिकारी कोशी प्रदेश प्रमुखको कार्यालय सरूवा भएका हुन्।

सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयमा रहेका झलकराम अधिकारी बागमती प्रदेशमा सरूवा भएका छन्।
नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्का सुदूरपश्चिम प्रदेशमा र ईटहरी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज भुसाल बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वा अन्तर्गत सरूवा भएका हुन्। युवा तथा खेलकुद मन्त्रालयका सहसचिव रामचरित्र मेहता विराटनगर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाइएका छन्। जनकपुर उपमहानगरपालिकाका वीरेन्द्रकुमार मिश्र सदूरपश्चित प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वा अन्तर्गत पुग्दा बागमती प्रदेशका बद्रीनाथ गैह्रे गृह मन्त्रालय आएका हुन्।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिलकुमार दत्त प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका छन्।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव शंकर साह सुदूरपश्चिम प्रदेश पुगेका छन् भने बैकुण्ठ अधिकारी बागमती प्रदेश सरूवा भएका हुन्। बागमती प्रदेशका विनोदकुमार भट्टराई कृषि तथा पशुपन्छी विकास मन्त्रालय फिर्ता भएका छन्।
मधेश प्रदेशमा रहेका श्रीप्रसाद भट्टराई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वा अन्तर्गत सरूवा भएका छन्।
कोशी प्रदेशमा रहेका दिर्घराज कोइराला सुदूरपश्चिम प्रदेश पुगेका हुन्। मधेश प्रदेशमा रहेका कमलराज श्रेष्ठ खानेपानी मन्त्रालयमा फिर्ता आएका छन्।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय वा अन्तर्गतका सहसचिव कृष्णप्रसाद पन्थ राष्ट्रिय सतर्कता केन्द्रमा सरुवा भएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव लक्ष्मीप्रसाद उपाध्याय खानेपानी मन्त्रालयमा आएका छन् भने सहरी विकास मन्त्रालयका सहसचिव पद्यकुमार मैनाली अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरूवा भएका हुन्। सहरी विकास मन्त्रालय कैं सहसचिव राजकुमार गोइन मधेश प्रदेश पुगेका छन्।
बसन्तप्रसाद कोइराला सुदूरपश्चिम प्रदेशबाट लुम्बिनी प्रदेशमा सरूवा भएका छन्। लुम्बिनी प्रदेशका सञ्जीवकुमार कर्ण कृषि तथा पशुपन्छी विकास मन्त्रालय वा अन्तर्गत फिर्ता आएका हुन्।
सुदूरपश्चिम प्रदेशका सुरत बम खानेपानी मन्त्रालय वा अन्तर्गत सरुवा हुँदा सहरी विकास मन्त्रालयका सहसचिव प्रेम दत्त भट्ट सुदूरपश्चिम प्रदेश पठाइएका छन्।

लुम्बिनी प्रदेशमा रहेका मोहनराज काफ्ले वन तथा वातावरण मन्त्रालय वा अन्तर्गत सरुवा हुँदा सुदूरपश्चिमका प्रमोद भट्टराई लुम्बिनी आएका छन्। कोशी अस्पतालका डा. श्रवणकुमार मिश्र मधेश प्रदेश पुगेका हुन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ