एमालेमा प्रत्यक्ष निर्वाचित महिला सांसद हुँदाहुँदै समानुपातिक रघुजी पन्तलाई शिक्षामन्त्री बनाइयो

काठमाडौं। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीबाट विद्या भट्टराई राजीनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेका समानुपातिक सांसद रघुजी पन्तलाई मन्त्री बनाएको छ। मन्त्रिपरिषद्मा महिलाको कम प्रतिनिधित्व भएको आवाज उठिरहेका बेला प्रधानमन्त्री ओली कै पार्टीबाट महिलाको सहभागिता शून्य बन्न पुगेको हो। ओली नेतृत्वको मन्त्रिपरिषद्मा अब आरजु राणा देउवा एक्ली महिला भएकी छिन्। दलितको सहभागिता गराउन भनेर ओली नेतृत्वको मन्त्रिमण्डलमा रूपा विकलाई राज्यमन्त्री बनाइएको छ।
नेकपा एमालेको टिकट लिएर कास्की क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित भएकी भट्टराईलाई हटाएर स्त्रीद्वेषी अभिव्यक्ति समानुपातिक सांसद रघुजीलाई शिक्षामन्त्री बनाइएको हो।
विद्याको ठाउँमा एमालेबाट प्रत्यक्ष निर्वाचित महिला सांसदहरू जुली कुमारी महतो, भगवती चौधरी र ज्वालाकुमारी साह मन्त्री बनाउनका लागि योग्य पात्र थिए। धनुषा क्षेत्र नं.३ मा नेकपा (एमाले)का उम्मेदवार भएर प्रत्यक्ष निर्वाचित सांसद महतो, सुनसरीको निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरी र बारा क्षेत्र नं ३ बाट निर्वाचित ज्वालाकुमारी साह मन्त्री बन्नका लागि योग्य थिए। महिलालाई हटाएर महिला नै बनाउन सक्थ्यो। तर, एमालेले महिलाको प्रतिनिधित्व शून्य बनाउँदै पुरूष सांसद रघुजीलाई शिक्षामन्त्री बनाएको हो।
एमालेले समानुपातिक सांसदलाई नै मन्त्री बनाउँदा पनि महिलाबाट सुनिता बराल, नैनकला थापा, उर्मिला थेवे, ईश्वरी घर्ती, अमृता अग्रहरी, प्रतीक्षा तिवारी मुखिया, मेनकाकुमारी पोखरेल, सरिता भुसाल, शोभा ज्ञवाली, विजुला रायमाझी, निर्मला कोइराला, सम्झना थपलिया, दीपा शर्मा, रणकुमारी बलाम्पाकी मगर, शान्ति श्रेष्ठ, सरस्वती सुब्बा, शान्ति चौधरी, आश्माकुमारी चौधरी, रुक्मणी राना बराइली, हर्कमाया विश्वकर्मा र विना देवीमध्येबाट बनाउन सक्थ्यो। प्रतिनिधिसभामा मात्र नभएर एमालेबाटै राष्ट्रियसभामा पुगेका विमला घिमिरे, डा. अन्जान शाक्य, भगवती न्यौपाने, इन्दिरादेवी गौतम, रुक्मिणी कोइराला, सुमित्रा विसी, तुलसाकुमारी दाहाल र शारदादेवी भट्ट महिला सांसद थिए। तर यतिका धेरै महिला सांसद हुँदाहुँदै पनि एमालेले समानुपातिकबाट आएका पुरूष सांसदलाई शिक्षामन्त्री बनाएको छ। महिला सांसदहरू हेरेका हेरै छन्। रघुजी प्रकरणले महिलाप्रति प्रधानमन्त्री ओली अनुदार रहेको टिप्पणी हुन थालेको छ।
मन्त्रिपरिषद्मा दलितको प्रतिनिधित्व नभएको आवाज उठिरहेका बेला पुरुषबाटै बनाउने भए दलित समुदायका छविलाल विश्वकर्मा प्रत्यक्ष चुनाव जितेर आएका सांसद थिए। ओलीले खस आर्यबाट समानुपातिक सांसद बनेका रघुजीलाई नै मन्त्री बनाए।
एमालेबाट प्रत्यक्ष निर्वाचित सांसदमा महेश बर्तौला, रघुवीर महासेठ, पदम गिरी, ठाकुर गैरे, तारा लामा तामाङ, सुहाङ नेम्वाङ, महेश बस्नेत, गोकुलप्रसाद बाँस्कोटा, सूर्यबहादुर थापा क्षेत्री, राजेन्द्रकुमार राई, भीम आचार्य, गोकर्ण विष्ट, योगेशकुमार भट्टराई, लालप्रसाद साँवा, मनबहादुर गुरुङ, दामोदर पौडेल, ऋषिकेश पोखरेल, मंगलप्रसाद गुप्ता अच्युत मैनाली, रामशंकर यादव, लीलानाथ श्रेष्ठ, हरि उप्रेती, सूर्य ढकाल, वासुदेव घिमिरे, अम्बरबहादुर रायामाझी, प्रेमबहादुर महर्जन, कृष्णगोपाल श्रेष्ठ, नारायणप्रसाद आचार्यलगायत छन्। यतिका धेरै प्रत्यक्ष निर्वाचित सांसद भएपनि ओलीको रोजाइमा समानुपातिक सांसद रघुजी पन्त मन्त्री बनेका हुन्।
ट्याग : #जुली कुमारी महतो, #ज्वाला कुमारी साह, #डा. अन्जन शाक्य, #भगवती चौधरी, #भगवती न्यौपाने, #रघुजी पन्त, #विद्या भट्टराई, #सुनिता बराल
तपाईको प्रतिक्रिया दिनुहोस