पूर्व स्वास्थ्य राज्यमन्त्रीको निधन

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व स्वास्थ्य राज्यमन्त्री तीर्थराम डंगोलको निधन भएको छ।
गएराति ११ बजे उनको निधन भएको नेपाली कांग्रेस काठमाडौँका सभापति सबुज बानियाले जानकारी दिए। उनको पार्थिव शरीरलाई अहिले उनको निवासमा राखिएको छ ।
उनी लामो समयदेखि बिरामी थिए। स्वास्थ्य अवस्थाका कारण पछिल्लो समयमा उनी पार्टी गतिविधिमा थिएनन्।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस