अख्तियारमा नारायण ढकाल विरुद्ध उजुरीको चाङ्ग, उद्योगीसँग कारबाहीको सूचना रोक्दै पैसा बुझदै !


काठमाडौँ औषधि व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद ढकाल विरुद्ध अख्तियारमा परेका उजुरीले चाङ लागेका छन् । उनी विरुद्ध दिनहुँजसो अख्तियारमा उजुरी पर्ने गरेका छन् । 

स्वास्थ्य क्षेत्रको सबैभन्दा बढी भ्रष्टाचार हुने निकायका रुपमा औषधि व्यवस्था विभागलाई चिनिन्छ । स्वास्थ्य क्षेत्र सुधारको हुक्के गफ गर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल भ्रष्टाचारमा लिप्त् नेतृत्व संरक्षणमा छन् । हुन त भाग लाग्ने भएपछि अरुका कुरा नसुन्ने र था नपाएको जस्तो गर्न पाइन्छ । पौडेलको नियत त्यही हो । 

औषधि व्यवस्था विभागका अधिकारीहरूले बताए अनुसार नारायणप्रसाद ढकालका कारण औषधि क्षेत्र बदनाम भएको छ । भारतीय ठूला कम्पनीसँग मिलेर उनले साना कम्पनीको जरै निमोठ्ने काम समेत गर्दै आएका छन् ।

ढकालको काम र कर्मचारीले बताएको कुरालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि पुष्टि गरेको छ । यो शृङ्खलाका हामी ढकाललाई अख्तियारले काटेका पत्रको विषयमा मात्रै चर्चा गर्छौ । ढकाल महानिर्देशक भएको करिब २ वर्षको अवधिमा सयौँ उजुरी अख्तियारमा परेका छन् । निकै गम्भिर विषयमा अख्तियारले उनलाई छानविन समेत गरिरहेको छ । हालै स्वास्थ्य लाइभले केही छानविनका फायल अध्ययन गरेको छ ।

महानिर्देशक नारायणप्रसाद ढकालले फर्मास्युटिकल कम्पनीहरूको जिएमपी प्रमाणीकरण गर्ने नाममा भ्रष्टाचार जन्य गतिविधि गरेको उल्लेख भएको छ । फर्मास्युटिकल कम्पनीको जिएमपी निलम्बन भएकोमा सो कुरा सार्वजनिक नगर्ने नाममा उनले मोटो रकम बुझको अख्तियारकै पत्रबाट स्पष्ट हुन्छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविनमा काटेको पत्र अनुसार आर्य फर्मास्युटिकल प्रालिको जिएमपी निलम्बन भएकोमा सो कुरा सार्वजनिक नगरी कम्पनीसँग ढकालले मोलमलाई गरेका थिए । उक्त कम्पनीको बदमासी जनतासँग नपुग्नलाई सूचना प्रकाशित नगर्ने शर्तमा लाखौं रकम डिल भएको र बुझेको पत्रमा उल्लेख छ । 

आर्य फर्मास्युटिकल प्रालिको जिएमपी निलम्बन भएको सूचना सार्वजनिक नगरी सूचना सार्वजनिक नगर्ने सर्तमा १० लाख रुपैयाँ विभागका कर्मचारी अर्थात् उनका विश्वास पात्र राजेश श्रेष्ठ र धीरज रौनियार मार्फत बुझेको उल्लेख छ । त्यति मात्रै होर, छिट्टै पुनः प्रमाणीकरण गरिदिन्छु भनी ५० लाखको डिल भएको उल्लेख छ । उक्त उद्योगले सेउदोएफिद्रिन नामक कच्चा पदार्थको दुरुपयोग गरेको हुँदा जिएमपी निलम्बनमा रहेकोमा आफू महानिर्देशक भइ आउने बितीकै रातारात मापदण्ड नपुगी २०८० श्रावणमा जिएमपी एप्रमाणीकरण गरेको अख्तियारको छानविन पत्रमा उल्लेख गरिएको छ ।

अधिकारीहरूले बताए अनुसार ढकालले नेपालमा पैसा नबुझने र हुन्डिमार्फत अमेरिका र्फत पैसा पठाउने गरेको पनि चर्चा चलिरहेको छ । उनको परिवार नेपाल बाहिरै रहेको छ । कतिपयले ढकाल पनि पिआर धारी कर्मचारी भएको बताइरहेका छन् । तर, यस विषयमा भने स्वास्थ्य लाइभले शुक्ष्म अध्ययन अनुसन्धान गरिरहेको छ । 

क्रमश ….

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ