रसुवागढी नाकामा स्वास्थ्य मन्त्रालयको हेल्थ डेस्कको दूरावस्था

काठमाडौं। नेपाल र चीनको सीमानामा पर्ने रसुवागढी नाकामा स्वास्थ्य मन्त्रालयको हेल्थ डेस्कको दूरावस्था देखिन्छ। हेल्थ डेस्क भएको भवनमा ढुंगा बसेर क्षति पुगेपछि त्यहाँबाट स्वास्थ्यकर्मीहरू विस्थापित भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गत रहेको रसुवागढी हेल्थ डेस्क आफै महामारीको चपेटामा परेको छ।
भन्सार, नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायतले चीनको प्रवेशद्वारमा चलाएको कार्यालय छाडेर ढुंगाले पनि हेल्थ डेस्क रहेकै भवनमा प्रहार गरेको देखिन्छ। देशको स्वास्थ्य क्षेत्रको अवस्था बुझ्न रसुवागढी हेल्थ डेस्कको दूरावस्था नै काफी छ।
चीन र नेपालको सीमाना लिङ्दे खोला छुट्याउँछ। उक्त खोलाको पूल कटेर नेपाल प्रवेश गर्नेवित्तिकै दायाँ तर्फ भन्सार कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरीको चेकपोष्ट भएको भवन छ। बायाँतर्फ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थापना गरेको हेल्थ डेस्कको भवन छ। स्वास्थ्य मन्त्रालयको हेल्थ डेस्क भएकै भवनमा बज्रपात हुँदा नाकाबाट हेल्थ डेस्क विस्थापित भएको हो।
चीनले गेट खोल्नेबित्तिकै रसुवागढी नाकामा रहेको भन्सार कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरीले काम थालेपनि स्वास्थ्यका कर्मचारी देखिएनन्। नेपालको स्वास्थ्य क्षेत्रको अवस्था चीनको सीमानामा पुगेर हेर्दा पनि उस्तै देखियो।
तपाईको प्रतिक्रिया दिनुहोस