घरपालुवा जनावरको सुरक्षाका लागि माइक्रोचिप अनिवार्य लगाऔँ


काठमाडौं। घरमा पाल्ने कुकुर, बिरालो जस्ता जनावार हाम्रो परिवारको हिस्सा पनि हो । बेला बेलामा यस्ता घर पालुवा जनावरहरु हराएको, चोरी भएका गुनासो काठमाडौं महानगरपालिकामा आउने गरेका छन् । सो समस्याको समाधान माइक्रो चिपिङ मार्फत गर्न सकिन्छ । त्यस कारण हामीले माइक्रो चिपिङ कार्यक्रमलाई अभियानको रुपमा अगाडी बढाउदै छौ ।

काठमाडौं महानगरपालिकाले कुकुर\बिरालो व्यवस्थापन, नियन्त्रण र दर्ता कार्यविधि, २०७९ जारी गरेको छ । यस कार्यविधिको दफा ३ (च) मा महानगर क्षेत्रभित्रका घरपालुवा कुकुर र बिरालोको दर्ता अनिवार्य गरिएको छ । यसअनुसार, महानगरपालिकाले कुकुर/बिरालो दर्ता तथा माइक्रो चिपिङ कार्यक्रम सञ्चालन सुरु गरेको छ ।

काठमाडौं महानगरपालिकाको ‘आर्थिक ऐन २०८१’ अनुसार, नेपाली जातका सामुदायिक कुकुर वा विरालो घरमा पालेर आफ्नो नाममा दर्ता गराएमा वडाबाट निःशुल्क दर्ता गरिनेछ। तर, विदेशी जातका कुकुर वा विरालोको हकमा भने प्रति जनावर रु. २,००० सेवा शुल्क लाग्ने व्यवस्था गरिएको छ।

कार्यविधिको दफा ७ अनुसार, कुकुर\बिरालोमा माइक्रोचिप लगाएर सम्बन्धित वडा कार्यालयमा दर्ता गराउने दायित्व स्वयम कुकुर बिरालो पाल्ने व्यक्तिको हो। माइक्रोचिप लगाइएका कुकुर\बिरालोको मृत्यु भएमा, स्थानान्तरण गरेमा वा हराएमा मालिकले ७ दिनभित्र सम्बन्धित वडा कार्यालयमा जानकारी दिन समेत हामी आग्रह गर्न चाहन्छौ ।

माइक्रोचिपले हराएका कुकुर वा बिरालोलाई मालिकसँग पुनर्मिलन गराउन महत्त्वपूर्ण भूमिका खेल्छ । यो सानो चिपले स्थायी पहिचान प्रदान गर्छ र हराएको पाल्तु जनावरलाई सहजै भेट्टाउनका लागि सहजिकरण गर्दछ । माइक्रोचिप लगाउने प्रक्रिया छिटो, सुरक्षित र किफायती छ । त्यसैले हामी ८ हप्ताभन्दा माथिका कुकुरमा माइक्रोचिप अनिवार्य रुपमा लगाउन आग्रह गर्न चाहन्छौ । साथै कुकुर\बिरालो बेच्न वा अरूलाई दिनुअघि माइक्रोचिप अनिवार्य लगाउन अनुरोध गर्दछौ ।

धन्यवाद

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ