मधेश प्रदेशको स्वास्थ्य सचिवको जिम्मेवारी नसम्हाल्दै डा. मिश्रलाई भ्रष्टाचार मुद्दा


काठमाडौं। मधेश प्रदेशका स्वास्थ्य सचिव डा. श्रवणकुमार मिश्रलाई भ्रष्टाचार मुद्दा दायर भएको छ। मधेश प्रदेशका पालिकाहरूमा जनस्वास्थ्य प्रयोगशाला स्थापना गर्दा भ्रष्टाचार गरेको भन्दै उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको हो। अख्तियार दुरुपयोग अनुसन्धान मिश्रलाई प्रतिवादी बनाएर भ्रष्टाचार मुद्दा गर्दा उनले स्वास्थ्य सचिवको जिम्मेवारी सम्हालेकै थिएनन्। अख्तियारले जनस्वास्थ्य प्रयोगशालाको ठेक्का प्रकरणमा डा. मिश्रविरुद्ध ५२ करोड ४२ लाख ५४ हजार रुपैयाँ बिगो मागदाबीसहित विशेष अदालतमा ४ वटा मुद्दा दायर गरेको हो।

नेपाल स्वास्थ्य सेवा/ मेडिकल ल्याब टेक्नोलोजी समूहका डा. मिश्र कोशी अस्पतालबाट भर्खरै सरूवा भएर मधेश प्रदेश पुगेका थिए। मधेश प्रदेशको स्वास्थ्य सचिवको जिम्मेवारी पाएपनि उनी हाजिर भइसकेका थिएनन्।

मधेश प्रदेशको निमित्त स्वास्थ्य सचिवको भूमिकामा राजेश कुमार मिश्र रहेका छन्। सचिवको जिम्मेवारी पाएका श्रवण भने विशेष अदालततिर भ्रष्टाचार मुद्दा खेप्नु पर्ने बाध्यात्मक अवस्था पुगेका हुन्।

क्याटेगोरी : समाचार
ट्याग : #डा. श्रवणकुमार मिश्र, #प्रदेश स्वास्थ्य सचिव डा. श्रवणकुमार मिश्र, #मधेश प्रदेश स्वास्थ्य मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ