पोखरा अन्तर्राष्ट्रिय विमानस्थल घोटालामा प्रचण्डलाई कस्ने गोकुल बाँस्कोटाको फरक मत


काठमाडौं। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भनिएको अनियमिततामा राजेन्द्र लिङ्देनको नेतृत्वमा छानबिन गर्न गठित संसदीय छानबिन उपसमितिको प्रतिवेदन सार्वजनिक भएको छ। उक्त उपसमिति सदस्य रहेका नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले फरक मत राखेका छन्।

बाँस्कोटाले राखेर फरक मत तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कस्ने खालको छ। प्रचण्डलाई कस्ने गरी बाँस्कोटाले प्रतिबेदनमा थप राय लेखेका छन्, ‘राजस्व छुटसम्बन्धी विवाद, निर्माणका कतिपय कार्यहरू सम्पन्न नभएको र प्राविधिक परीक्षण समेत पूर्ण रूपमा नभएको अवस्थामा विमानस्थल उद्‌घाटन र हस्तान्तरण कुन आधारमा, किन र कसरी गरियो भन्ने विषयमा समेत एकिन गरी आवश्यक कानुनी कारबाहीका लागि सिफारिस गर्नुपर्ने मेरो राय छ।’,

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको समुद्घाटन २०७९ पौष १७ गते आईतबार तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए। प्रचण्डले राजस्व छुटसम्बन्धी विवाद, निर्माणका कतिपय कार्यहरू सम्पन्न नभएको र प्राविधिक परीक्षण समेत पूर्ण रूपमा नभएको अवस्थामा विमानस्थल उद्‌घाटन र हस्तान्तरण कुन आधारमा, किन र कसरी गरे भन्ने कुरा समेत एकिन गरी आवश्यक कानुनी कारबाहीका लागि सिफारिस गर्नुपर्ने उपसमितिका सदस्य बाँस्कोटाको मत रहेको छ।

तात्कालीन खिलराज रेग्मी नेतृत्वको मन्त्रिपरिषद् डा. रामकृष्ण तिमल्सिनाको नेतृत्वमा बनाएको कार्यदलले के आधारमा लागत अनुमान बढाएको हो त्यसको विषयमा पनि आवश्यक कानुनी कारबाहीका लागि सिफारिस गर्नुपर्ने बाँस्कोटाको राय छ। उक्त कार्यदलले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा प्रारम्भिक लागत अनुमान १४५ मिलियन अमेरिकी डलरबाट २१५.९६५ मिलियन अमेरिकी डलर (भ्याटबाहेक) कायम गरेको थियो। उक्त विषयमा कारबाही हुनुपर्ने बाँस्कोटाको अडान छ।

सबै प्रक्रियामा सहमत भएर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७३ साल बैशाख १ गते बुधबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास गरेका थिए। यी सबै प्रक्रियामा ओली पनि उत्तिकै जिम्मेवार देखिन्छन्। तर खिलराज रेग्मी नेतृत्वको मन्त्रिपरिषद्ले बनाएको कार्यदल र प्रचण्डले गरेको समुद्घाटनका विषयमा छानबिनका लागि बाँस्कोटाको राय आएको पाइन्छ। यद्यपि उनले दिएको फरक मतसहितको राय मनासिव देखिन्छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चीनसँग ऋण काढेर बनाएको हो।करिब १० अर्ब घोटाला भयो भनिएको विमानस्थलमा रहेको ताम्रपत्रमा ‘चाइना एड’ भनेर लेखिएको छ। उक्त घोटालाका मुख्य जिम्मेवार प्रदिप अधिकारी नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)मा महानिर्देशक रहेका छन्। उनलाई तत्काल निलम्बन गरेर छानबिन गर्न उपसमितिको सिफारिस छ।

 

क्याटेगोरी : समाचार
ट्याग : #गोकुल बाँस्कोटा, #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, #विमानस्थल घोटाला

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ