पोखरामा पनि एक साताका लागि निषेधाज्ञा
पोखरा । कोरोना संक्रमण तीव्र बन्दै गएपछि प्रशासनले वैशाख १५ गते बुधबार बिहानदेखि कास्कीमा एक साताका लागि निषेधाज्ञा लागू गर्ने निर्णय गरेको छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीले बुधबारदेखि एक हप्तासम्मका लागि जिल्लामा निषेधाज्ञा लागू हुने सूचना जारी गरेको हो ।
सोमबार राति सूचना निकालेर प्रशासनले २१ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी रहने जनाएको छ । कास्कीका सिडिओ थानेश्वर गौतमद्वारा हस्ताक्षरित सूचनामा आदेश अवज्ञा गरे कारवाही हुने उल्लेख छ ।
दैनिक उपभोग्य खाद्यवस्तु बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्न सकिने छ ।
सिनेमा हल, नाचघर, दोहोरी साँझ, बार, डिस्को, सुनचाँदी पसल,रंगशाला, जिमखाना , सैलुन व्युटी पार्लर टेलरिङ जस्ता क्षेत्र भने खोल्न नपाइने आदेशमा उल्लेख छ ।
अति आवश्यक सेवा बाहेक सार्वजनिक तथा निजी सवारीमा जोरबिजोर लागू गरिएको छ ।
विवाह, पूजाआजा जस्ता संस्कार जन्य कार्य पार्टी प्यालेस वा होटलमा गर्न नपाइने घरमा गर्दा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी १५ भन्दा बढी सहभागी हुन पाइने जनाएको छ ।
बैंक तथा वित्तिय संस्था न्यूनतम कर्मचारी राखेर सञ्चालन गर्नु पर्ने र होटल तथा रेष्टुराँले विहान ८ बजेदेखि बेलुका ८ बजेसम्म टेक अवे सेवा दिन सक्ने उल्लेख गरिएको छ ।
क्याटेगोरी : मेडिकल शिक्षा, समाचारट्याग : #पाेखरा
तपाईको प्रतिक्रिया दिनुहोस