भोलिदेखि काठमाडौँमा निषेधाज्ञा : थपियो नयाँ ६ बुँदा
काठमाडाैँ । बिहीबारदेखि लागू हुने निषेधाज्ञामा बुँदा थप गर्दै काठमाडौं जिल्ला प्रशासन कार्यालयले अर्को सूचना जारी गरेको छ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले नयाँ सूचना जारी गरी आदेशमा ६ बुँदा थप गरिएको जानकारी दिएका हुन्।
निषेधाज्ञाका बेला डिपार्टमेन्ट स्टोरको ग्रोसरी बिहान र साँझ मात्र खोल्न पाइने सूचनामा उल्लेख गरिएको छ। सोमबारको सूचनामा अन्यथा उल्लेख भएकाले सच्याइएको काठमाडौं जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
क्याटेगोरी : मेडिकल शिक्षाट्याग : #काठमाडौँ
तपाईको प्रतिक्रिया दिनुहोस