डेढ महिनामा जोडिए ४५ अक्सिजन प्लान्ट
काठमाडौं । गत वर्ष जब दुनियाँभर नेपालमा कोभिडको पहिलो लहर आयो, त्यही वेला देशका ठेला अस्पतालमा अक्सिजन प्लान्ट बिग्रिए । मुलुकले आस गरेका अस्पतालमा अक्सिजन प्लान्ट बिग्रिएपछि विपन्नको सहारा टुट्यो । गत बैशाख ९ गते सम्म देशभर १६ वटा अक्सिजन प्लान्ट संचालनमा थिए । भएका अक्सिजन प्लान्ट पनि निजीमा थिए ।
विपन्नको पहुँचमा रहेका र देशलेनै आस गरेको वीर अस्पताल, पाटन अस्पताल, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, शिक्षण अस्पतालका हजारौं सिलिण्डर भर्ने क्षमता भएका प्लान्ट महामारीमै बिगारीएको थियो । अस्पताल प्रशासनले बनाउने भन्दा नयाँ खरिद गर्ने तर्फ सोच्न थालेको थियो ।
तिब्र रुपमा कोरोना संक्रमण फैलिए पछि अक्सिजन अभाव भयो । आवश्यक मात्रामा उद्योगहरुले अक्सिजन दिन नसक्दा कयौँ नागरिकको ज्यान गयो । देशभर करिब ३० अक्सिजन उद्योग छन् । उनिहरुले सत प्रतिशत उत्पादन गर्दा पनि दैनिक ५ हजार सिलिण्डर अभाव भइरहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३० बैशाखमा सबै अस्पताललाई १५ दिन भित्र आफ्नै अक्सिजन प्लान्ट जडान गर्न निर्देशन दिएको थियो । उक्त निर्देशन पछि धमाधम प्लान्ट जाडन हुने क्रम जारी छ ।
स्वास्थ्य मन्त्रलायका सहायक प्रवक्ता डा समिर अधिकारीका अनुसार डेढ महिनामा ४५ वटा नयाँ प्लान्ट जडान भएका छन् । बुधबार सम्म मुलुकभर ६१ अक्सिजन प्लान्ट संचालनमा छन् ।
सरकारले अस्पतालमा अक्सिजन प्लान्ट जडानका लागि सहुलियत दिने, भन्सार छुट गर्ने लगायतको निर्णय सरकारले गरेको छ । देशभरका ५८ अस्पतालमा ६१ वटा आफ्नै अक्सिजन प्लान्ट रहेको छ ।
कहाँ कहाँ बने अक्सिजन प्लान्ट
प्रदेश नाम अक्सिजन प्लान्ट |
प्रदेश १ वीपी धरान १ |
प्रदेश १ नोबेल मृडिकल कलेज २ |
प्रदेश १ कोशी अस्पताल १ |
प्रदेश १ न्यरो अस्पताल विराटनगर १ |
प्रदेश १ चार के चिल्ड्रन अस्पताल विराटनगर १ |
प्रदेश १ बिएण्डसी अस्पताल झापा १ |
प्रदेश १ मनमोहन अस्पताल विर्तामोड १ |
प्रदेश १ धनकुटा अस्पताल १ |
प्रदेश १ ओखल्ढुङ्गा सामुदायीक अस्पताल १ |
प्रदेश २ लाहान अस्पताल १ |
प्रदेश २ नेशनल मेडिकल कलेज विरगन्ज १ |
प्रदेश २ सिराहा जिल्ला अस्पताल १ |
बाग्मती प्रदेश सिन्धुली अस्पताल १ |
बाग्मती प्रदेश भरतपुर अस्पताल १ |
बाग्मती प्रदेश पर्वत अस्पताल १ |
बाग्मती प्रदेश नुवाकोट अस्पताल १ |
बाग्मती प्रदेश चितवन मेडिकल कलेज १ |
बाग्मती प्रदेश सिभिल अस्पताल १ |
बाग्मती प्रदेश शहिद गंगालाल अस्पताल १ |
बाग्मती प्रदेश सशस्त्र प्रहरी अस्पताल १ |
बाग्मती प्रदेश नर्भिक अस्पताल १ |
बाग्मती प्रदेश अल्का अस्पताल १ |
बाग्मती प्रदेश काठमाडौं मेडिकल कलेज १ |
बाग्मती प्रदेश नेपाल प्रहरी अस्पताल १ |
बाग्मती प्रदेश टिचिङ अस्पताल १ |
बाग्मती प्रदेश मनमोहन कार्डियो भास्कुलर १ |
बाग्मती प्रदेश न्याम्स वीर अस्पताल १ |
बाग्मती प्रदेश ह्याम्स अस्पताल १ |
बाग्मती प्रदेश मनमोहन मेमोरियल १ |
बाग्मती प्रदेश प्रसुती अस्पताल १ |
बाग्मती प्रदेश धुलिखेल अस्पताल २ |
गण्डकी प्रदेश बेनी अस्पताल १ |
बाग्मती प्रदेश मनिपाल मेडिकल कलेज १ |
गण्डकी प्रदेश फेवा सिटी अस्पताल १ |
गण्डकी प्रदेश फिस्टेल अस्पताल १ |
गण्डकी प्रदेश गण्डकी मेडिकल कलेज १ |
गण्डकी प्रदेश मुस्ताङ अस्पताल १ |
गण्डकी प्रदेश मातृशिशु अस्पताल १ |
गण्डकी प्रदेश स्याङ्जा अस्पताल १ |
गण्डकी प्रदेश धौलागिरी अस्पताल १ |
गण्डकी प्रदेश गोर्खा जिल्ला अस्पताल १ |
गण्डकी प्रदेश जिल्ला अस्पताल लमजुङ् १ |
गण्डकी प्रदेश मध्यविन्दू जिल्ला अस्पताल १ |
गण्डकी प्रदेश पर्वत जिल्ला अस्पताल १ |
लुम्बिनी प्रदेश लुम्बिनी मेडिकल कलेज १ |
लुम्बिनी प्रदेश लुम्बिनी प्रादेशिक अस्पताल १ |
लुम्बिनी प्रदेश भेरी अस्पताल १ |
लुम्बिनी प्रदेश युनिभर्सल मेडिकल कलेज १ |
लुम्बिनी प्रदेश युनाइटेड मिसन अस्पताल १ |
लुम्बिनी प्रदेश गौतम वुद्ध हेल्थ केयर १ |
लुम्बिनी प्रदेश नेपालगञ्ज मेडिकल कलेज कोहलपुर १ |
लुम्बिनी प्रदेश नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्ज १ |
लुम्बिनी प्रदेश राप्ती अस्पतला १ |
कर्णाली प्रदेश सुर्खेत प्रादेशिक अस्पताल १ |
कर्णाली प्रदेश कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान १ |
सुदुरपश्चिम प्रदेश सेती अस्पताल १ |
सुदुरपश्चिम प्रदेश महाकाली अस्पताल १ |
सुदुरपश्चिम प्रदेश डडेल्धुरा अस्पताल १ |
जम्मा ६१ |
तपाईको प्रतिक्रिया दिनुहोस