काठमाडौं। प्रशासन सेवाका १९ जना उपसचिवहरू सहसचिवमा बढुवाका लागि सिफारिस भएका छन्। राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव)मा बढुवाका लागि जेष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा १९ जना उपसचिव सिफारिस भएका हुन्। जेष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा हुने प्रशासन सेवाको सहसचिव बढुवाका लागि राजस्व र प्रशासन समूहका उपसचिवहरू सिफारिस भएका हुन्। निजामती सेवामा सबैभन्दा जेष्ठ उपसचिव रामप्रसाद मैनाली बढुवामा छुटेका […]
काठमाडौं । पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य डा. वीरेन्द्रप्रसाद महतोले आफ्नो नाममा खोलिने फूलकुमारी महतो मल्टिपल हेल्थ इन्स्टिच्यूटको लागि भवन निर्माणको शिलान्यास गरेका छन् । गृहजिल्लामा रहेका महतोले आज (आइतबार) उक्त भवनको निर्माणको लागि भूमी पूजन गरेका हुन् । सिराहा कर्जन्हा नगरपालिका वडा नम्बर ११ मा पर्ने कर्जन्हा बजारमा निर्माण हुने उक्त इन्स्टिच्यूटमा पिसिएल नर्सिङ, डिप्लोमा […]
काठमाडौँ । अहङ्कारी भाव बोकेर हिँडेकाे स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलका कारण ग्लोबल फन्ड अनुदानको ४७ मिलियन अमेरिकी डलर गुमेको छ । गुण्डा प्रयोग गरेर कानुन विपरित सरकारबाट पीआर खोसेको ग्लोबल फन्डले सबै जसो रकम युएनडिपीलाई दिएको छ । ग्लोबल फन्डका एक उच्च अधिकारीले दिएको सूचना अनुसार ग्लोबल फन्डको नयाँ पीआर औपचारिक रुपमा युएनडिपीमा गएको […]
काठमाडौँ । जनसङ्ख्या तथा स्वास्थ्य मन्त्रालयले विगत १० वर्ष पुरानो आफ्नो जनसङ्ख्या नीतिलाई परिमार्जन गर्ने भएको छ । हरेक दसदस वर्षमा नीति परिमार्जन गर्ने उद्देश्य अनुसार मन्त्रालयले नयाँ नीतिको मस्यौदाबारे छलफल अगाडि बढाएको हो । ०७८ सालको जनगणनाले जनसङ्ख्याका क्षेत्रमा थुप्रै प्रश्न उठाएपछि विज्ञहरू नयाँ मस्यौदाको खाकामा छलफल गर्न जुटेका हुन् । जनसङ्ख्या घट्दै गएको […]
नेपाल औषधि उत्पादक संघ (एपोन)को आयोजनामा यहि फागुन २५ गतेदेखि २७ गतेसम्म चितवनको प्रर्दशनी कक्षमा ‘नवौ नेपाल फर्मा एक्स्पो–२०२४’ आयोजना हुँदैछ । एक्स्पोमा सर्वसाधारणले औषधिको उत्पादन कसरी हुन्छ र नेपाली औषधिको गुणस्तरबारे जानकारी लिनेछन् । एक्स्पो सम्बन्धका एपोनका कोषाध्यक्ष, फर्मा एक्स्पो–२०२४, सहसंयोजक तथा क्वेष्ट फर्मास्यूटिकल्स प्रालिका डाइरेक्टर अपरेशन पृथ्वी राजभण्डारी (निजु)संग गरिएको कुराकानी चितवन एक्स्पो […]