काठमाडौं। नक्कली भुटानी शरणार्थी काण्डमा कारागार (जेल)मा थुनिएका नेपाल सरकारका निलम्बित सचिव टेकनारायण पाण्डे जेलबाटै अवकाश भएका छन्। २०७६ साल फागुन १२ गते सचिवमा बढुवा भएका पाण्डे ५ वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा गएका छन्। गृह सचिव हुँदा पाण्डे नक्कली भुटानी शरणार्थी काण्डमा मुछिएपछि अहिले केन्द्रीय कारागार सुन्धारा, काठमाडौंमा पुर्पक्षका लागि थुनामा पुगेका छन्। […]
काठमाडौं। निजी मेडिकल कलेजका नि:शुल्क स्नातकोत्तर (पिजी) पढ्न चाहने चिकित्सकले २ वर्ष पढेको कलेजमा सेवा गर्नु पर्ने भएको छ। प्रधानमन्त्री एवं चिकित्सा शिक्षा आयोगका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो। निजी मेडिकल कलेजहरूले शैक्षिक शत्र २०८१/०८२ देखि नै स्नातकोत्तर तहमा अध्ययन गर्न आवसीय चिकित्सकहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको छात्रवृत्ति निर्देशिका […]
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक (एमडी) सुरेन्द्र पौडेलदेखि पशु सेवा विभागकी उपमहानिर्देशक डा. सुलोचना श्रेष्ठसम्मको स्रोत नखुलेको (अकुत) सम्पत्ति आर्जनको ‘केस’ तामेलिका राखेको छ। पछि थप प्रमाण प्राप्त भए अनुसन्धान हुने गरी उनीहरूको ‘केस’ अख्तियारले तामेलीमा राखेको हो। अकुतको केस तामेलीमा पर्नेमा औषधि व्यवस्था विभागका महानिर्देशक बालकृष्ण खकुरेल समेत रहेका […]
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको आज ऐतिहासिक दिन । केही जिल्लाका स्थानीय तह बाहेक अन्य ठाउँमा पाठेघरको मुखको क्यान्सर गराउने Human Papillomavirus विरुद्धको एचपीभी खोप अभियान २०८१ सुरु भएको छ । पौडेलको अभियान अनुसार आज देखि आगामी फागुन ५ गतेसम्म पाठेघरको मुखको क्यान्सर रोकथामका लागि किशोरी लक्षित एचपीभी खोप अभियान सञ्चालन हुदैछ […]
नेपाल औषधि उत्पादक संघ (एपोन)को आयोजनामा यहि फागुन २५ गतेदेखि २७ गतेसम्म चितवनको प्रर्दशनी कक्षमा ‘नवौ नेपाल फर्मा एक्स्पो–२०२४’ आयोजना हुँदैछ । एक्स्पोमा सर्वसाधारणले औषधिको उत्पादन कसरी हुन्छ र नेपाली औषधिको गुणस्तरबारे जानकारी लिनेछन् । एक्स्पो सम्बन्धका एपोनका कोषाध्यक्ष, फर्मा एक्स्पो–२०२४, सहसंयोजक तथा क्वेष्ट फर्मास्यूटिकल्स प्रालिका डाइरेक्टर अपरेशन पृथ्वी राजभण्डारी (निजु)संग गरिएको कुराकानी चितवन एक्स्पो […]